विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु आमाको कथा ‘फर्कन छोरा'(भिडियो)



काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सार्बजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु-आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ।

केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमानाट्यकर्मतथा चलचित्रमा सक्रिय कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।भिडियो ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो।

हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यस अघि’चौतारीमा बसौंन पियारी’,’वैशैमा लाको पिरती’, लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् । केहि दिन अघि मात्र भानु जयन्तिको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’बोलको भजन सार्बजनिक भएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.