शिव शंकरले ल्याए गाईजात्रे झटारो (भिडियो)



काठमाडाैं । ‘गाईजात्रा’ लाई हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन् । आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो बर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नम’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नम’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसन समेत समेटिएको छ ।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । जुन ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतवर्ष उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका थिए ।

हास्य कलाकारका लागि गाईजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाईजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए । गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलवा अलवा दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.