खुमन र सुनिताको तीज गीत नाचिदेउ पुतली (भिडियो)


काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नाचिदेउ पुतली सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालिको संगीत सम्योजन रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाको छायांकन र मिलन बिस्वकर्माको सम्पादन रहेको छ । भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगाना फिचर्ड छन् । भिडियो एसपि म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.