पाकिस्तानी हट अभिनेत्री विना मलिक राजनीतिमा


veena malik
पाकिस्तानी अभिनेत्री विना मलिक राजनीतिमा लागेर आफ्नो पिताको सपना पूरा गर्न चाहन्छिन् ।आफूले पनि पिताको सपना पूरा गर्न चाहेपनि त्यसको लागि परिपक्व भइनसकेकी विना बताउँछिन् । ग्ल्यामरस छवि बनाएकी विनाले आफ्नो पिताले आफू पाकिस्तानमा नै रहेर सुरुवाल कुर्ता लगाएको हेर्न चाहेको पनि खुलासा गरिन् ।

पिताले आफूलाई सुरुवाल कुर्ता लगाएको मन पराउने भएकाले पिताको साथमा भएको बेला सोही पहिरनमा बस्ने कोशिश गर्ने विनाले बताइन् ।विना बलिउड फिल्म जिन्दगी ५० ५० को लागि निकै उत्साहित छिन् । यो उनको पहिलो फिल्म हो, जुन भारत र पाकिस्तानमा एकैदिन रिलिजमा आउनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.