बाबुले सिमालाई भरपुर युज गरे


sima-kcpp
(सेलेब्रिटी नेपाल) २ ज्येस्ठ-गत वर्ष लुट र चपली हाईटले राम्रो व्यापार गरे पछि पछिल्लो समय सेक्सलाई कन्टेन्ट बनाएर धेरै चलचित्रहरु निर्माण भई रहेको बेलामा चलचित्र ‘युज’ले पनि सोही कुरालाई देखाउन खोजेको छ । चलचित्रमा सुवास मेचे, जयकिसन बस्नेत, सीमा केसी, बाबु बलामी आदी कलाकारको अभिनय रहेको छ । चलचित्रकी नायिका सिमा के.सीका अनुसार चलचित्र सत्य घटनामा आधारित छ। बाबु बलामीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘युज’ भोलि शुक्रबार रिलिज हुदैछ।

बाबुले सिमा लाई ग्ल्यामर सिनमा भरपुर युज गरेका छन्। केहि बर्ष पहिले एउटा चलचित्रमा बाबुले एक्शन गरेका थिए भने सिमा नायिका थिइन्। त्यसै बेला बाट बाबु र सिमा एक अर्कामा नजिक भयका थिए। युज भन्दा पहिले पनि बाबुको एक चलचित्रमा सीमाले अभिनय गरेकी थिइन् तर त्यो चलचित्रको नाम निशाना नै रहेन अब युज बाट कति अघि बढ्ने छिन् भबिस्यले नै बताउने छ। नायिकाकै सब्द सापटी लिने हो भने बेचिसकेकी युवतीको कथा हो युज, जो बाँच्न पनि सकेकी छैन मर्न पनि सकेकी छैन। सीमाको ग्ल्यामर कतिको बिक्ने हो कतिको दर्शकको साथ पाउने हो भोलिको दिनमा थाह हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.