बाढी पिडितको कथा बोल्ने ‘यस्तो किन हुन्छ’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक अंकित न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘यस्तो किन हुन्छ’ बोलको गीतमा लेखराज गिरीको शब्द तथा संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ। बाढी पिडितको कथा बोल्ने भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन्। भिडियोमा सुधिर श्रेष्ठ,सरस्वती खत्री,मनोज ओली र सम्मान मल्ल श्रेष्ठ फिचर्ड छन्। डम्बर राईले खिचेको भिडियोको सम्पादन बिष्णु खड्काले गरेका हुन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.