मुन्नाभाई जेल प्रस्थान


sanjay-dutt-j
मुन्नाभाईको नामले चिनिने भारतीय अभिनेता सञ्जय दत्त आज विहीबार जेल प्रस्थान गरेका छन् । उनलाई मुम्बईको टाडा बिशेष अदालत लगेर आजै आत्मसर्मपण गराउने कार्यक्रम छ ।जेल प्रस्थान गर्नु अघि दत्तको घरमा भारतीय चर्चित कलाकारहरुको जमघट थियो । सलमान खान, अजय देवगन, अभिषेक बच्चन लगायतका सिनकर्मीहरु दत्तलाई भेट्न पुगेका थिए।

यसअगाडि दत्तले आत्मसमर्पणको लागि समय थप्न आग्रह गरेपनि अदालतले सो अपिल खारेज गरेको थियो । सन् १९९३ मा भएको मुम्बई बमकाण्डका अभियुक्तहरुसँग हतियार लिएको आरोपमा उनलाई पाँच वर्षको जेल सजायँ सुनाइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.