अनिताको तीज गीत ‘जीन्दगी दुई दिनको घाम छायाँ’ सार्वजनिक(भिडियो)



काठमाडौँ। गायिका तथा संचारकर्मी अनिता चलाउनेले ‘जीन्दगी दुई दिनको घाम छायाँ’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा अनिता सहित अन्य चार जना गायिकाहरुको स्वर छ । रचना रिमाल, एलिना चौहान, समिक्षा अधिकारी र बेनिशा पौडेलले स्वरमा अनितालाइ साथ दिएका छन् । गम्भिर विष्टको निर्देशन रहेको भिडियोको कोरियोग्राफी सुवोल थापाले गरेका हुन् ।

भिडियोमा पहिलो मिस नेपाल रुवी राणा सहित अनिता, रचना, एलिना, समिक्षा, बेनिशा अनि निश्मा घिमिरे प्रस्तुत छन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.