साउने संक्रान्तिको अवसरमा यस कुमार,राजनराज देखि प्रमोदको भिडियो सार्वजनिक



काठमाडौँ। साउने संक्रान्तिको अवसर पारेर आज दर्जन बढी गीत भिडियो सार्वजनिक भएका छन्। लक डाउन खुकुलो भए संगै म्युजिक भिडियोको सुटिंग तथा रिलिज हुने क्रम बढेको छ।

गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यशकै शब्द र संगीत छ । गीतमा देवेश राईको एरेञ्ज, साजन शाहको मिक्सिङ छ । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय छ । भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ । भिडियोका निर्माताहरु भीमादेवी क्षेत्री र सचित लम्साल केसी हुन् । भिडियो बले इन्टरटेनेमन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

पल शाह र कान्तिपुर टिभीकीसमाचारवाली श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको छ। उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको ‘फूलकुमारी’लाइ ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् । एसियन म्युजिकको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।

गीतकार बिष्ण बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक भएको छ। स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। हाल लिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छिन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.