मनीषा कोइराला क्यान्सर फ्री


(सेलेब्रिटी नेपाल) १ जेठ-अमेरिकामा पाठेघर क्यान्सरको उपचार गर्न गएकी अभिनेत्री मनीषा कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै आफू क्यान्सर मुक्त भएको भताएकी छिन्। उनले लेखेकी छिन्, ‘म भक्कानो छोडेर रोएँ, जब मैले ‘क्यान्सर फ्री’ भन्ने शब्द सुनेँ।’केही महिनाअघि नेपालमा उपचारका क्रममा क्यानसर भएको पुष्टि भएपछि मुम्बईको जसलोक अस्पताल हुँदै उनी उपचारका लागि अमेरिकाको न्युयोर्क पुगेकी थिइन्। न्युयोर्कको अस्पतालमा उपचार गराइरहेकी अभिनेत्री कोइरालाले लेखेकी छिन्, ‘यो मेरो पुनर्जन्म हो।’
19432-manisha-koirala.jpg
मनीषाले क्यान्सरबाट मुक्त भए पनि पूर्ण रूपमा तन्दुरुस्त हुन भने केही समय लाग्ने स्ट्याटसमा उल्लेख गरेेकी छिन्। यस्तै अत्यन्त पीडादायी समयमा आफूलाई साथ दिने परिवारका सदस्य लगायत सम्पूर्ण शुभचिन्तक तथा साथीभाइलाई धन्यवाद दिएकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.