स्वरूपराज र लक्ष्मीको ‘डाँडाघरे साँइली’ मा शिल्पा र प्रकाश (भिडियो)



काठमाडौँ। बिगत दुइ दशक भन्दा लामो समय देखि नेपाली सुगम संगीतमा सक्रिय स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन्। सार्वजनिक ‘डाँडाघरे साइली’ बोलको गीतमा आचार्यले गायिका लक्ष्मी मल्ल संग गायको यो पहिलो लोकदोहोरी गीत हो । श्रीकृष्ण बम मल्लले संगीत भरेको गीतका रचनाकार कृष्ण के सी हुन् भने गीतको संगीत संयोजन कृष्ण बि. क. भान्जाले गरेका हुन्।

भिडियोको निर्देशन देबेन्द्र बब्लुले गरेका हुन् । भिडियोमा संगीतकार श्रीकृष्ण बम मल्ल पनि फिचरिंग भएका छन् । भिडियोमा श्रीकृष्ण बम मल्ल संगै अभिनेत्री शिल्पा पोखरेल, प्रकाश सपुत ,करिश्मा ढकाल फिचर्ड छन्। भिडियोको कोरियोग्राफि मौसम हिमालीले गरेका छन् । नबराज उप्रेतीले छायाँकन गरेको भिडियोको सम्पादन दिनसन शाहले गरेका छन्। भिडियो आफ्नो मन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।