एलिना र भागिरथको ‘छम्म छम्म’ नाच्ने तीज गीत (भिडियो)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै भागिरथ चलाउने र एलिना खनालको स्वरमा रहेको तीज गीत भिडियो सार्बजनिक गरिएको छ। ‘छम्म छम्म’ बोलको तीज गीतमा शब्द दिनेश सापकोटाको रहेको छ भने लय भागिरथ चलाउनेको रहेको छ । सार्बजनिक भिडियोलाइ प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन् ।

भिडियोमा रामजी खांड र एलिना खनाललाइ फिचर्ड गरिएको छ विनोद बाजुरालीले संगीत संयोजन गरेको गीत छम्म छम्म नाच्ने खालको बनेको छ । तीज गीतमा मौलिकता हराउन थाले र छाडा र भद्दा खालका गीतहरुले स्थान पाउन थाले भन्ने चर्चा चलिरहेको बेला यो गीतले मौलिकता तीज गीतको मौलिकतालाई कायम राख्ने प्रयास गरेको छ। संचारकर्मी समेत रहेकी एलिना खनाल बेला बेलामा आफ्ना सांगीतिक प्रस्तुतिहरु समेत पस्कि रहने गर्दछिन। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यो गीतले यसपालिको तीजमा दर्शक श्रोताको मन जित्नेमा गायिका खनाल ढुक्क छिन्।