यो हप्ता बिराज संग नयाँ अनुहार भिड्दै


sonali_joshi_desi
(सेलिब्रेटी नेपाल) २ जेठ-बैशाख महिना भरिमा ११ वटा नेपाली चलचित्र रिलिजमा आए। गतसाता मात्रै ४ वटा चलचित्र रिलिज भए । ४ चलचित्र साँघूरो, रिङरोड, ब्ल्याक नाइट र पहिलो माया हो मेरो थिए । जसमध्ये चलचित्र साँघूरोले केहि हद सम्म दर्शक पायो भने अन्य तिन वटाले दर्शक तान्न सकेनन् ।यो शुक्रबार पनि देशव्यापी रुपमा ४ वटा नेपाली चलचित्र रिलिज हुने भएको छ । जसमा दीपा बस्नेत निर्देशित ‘अन्तराल’, शैलेश आचार्य निर्देशित ‘खग्रास’ बाबु बलामीले निर्देशन गरेको युज र निर्मल केसी निर्देशित ‘माया दिउँ झै भो’ रहेका छन् । खग्रासमा सुनिल पोखरेलसहित रङ्गमञ्चका विभिन्न कलाकारले अभिनय गरेका  छन् ।

चलचित्र अन्तरालमा पनि अधिकांश नयाँ कलाकार छन् । मानब सुबेदी र नम्रता सापकोटाले यसै चलचित्र बाट डेब्यु गर्दै छन्।  प्रचार प्रसार राम्रै गरिए पनि यसले दर्शकलाई कत्तिको तान्न सक्छ त्यो भने रिलिज पछि नै थाहा हुनेछ । यो चलचित्रमा  मानब सुबेदी र नम्रता सापकोटाका साथमा रुबी राना,कमलमणि नेपाल, राजकुमार पुडासैनीसहितको अभिनय छ । ‘माया दिउँ झै भो’ बाट धेरै समय पछि बिराज भट्ट देखा पर्दैछन्। यो चलचित्रलाई यसअघि भोजपुरीमा निर्माण गरिएको थियो । भोजपुरीबाट नेपाली नेपाली भाषामा ‘डविङ’ गरिएकाले यसले दर्शकलाई आकर्षित गर्न सक्ला नसक्ला, त्यो पनि अहिले नै अनुमान गर्न गाह्रो छ । जसमा नेपाली कलाकारमा विराज भट्ट र पुजना प्रधान छन् । यसै चलचित्र बाट दक्षिण भारतीय अभिनेत्री सोनाली जोशी नेपाली चलचित्र बजारमा भित्रिदै छिन्। यस पछिका चलचित्रमा उनलाई देख्न पाइने हो या होइन पछि नै थाहा हुनेछ।

antaral film cbn

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.