‘हेल्लो ब्रो’ ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं । सुरेश न्यौपानेको निर्देशनमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण गरिएको छ । सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा साथीहरु बिचको सम्बन्धलाइ देखाउन खोजिएको छ। सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।

सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । सिरिज श्रावण ७ गतेदेखि हरेक बिहीबार बिएम टिभीबाट प्रसारण हुनेछ।