उपचारत कलाकार निशालाई एघार लाख सहयोग



काठमाडौँ। हाल नर्भिक अस्पतालमा उपचार गराइरहेकी कलाकार निशा घिमिरेलाई ‘रजतपट कोसेली अभियान’ अन्तर्गत संचारकर्मी प्रकाश सुवेदिले रकम कलेक्सन गरेर सोमबार एक कार्यक्रमका बिच निशाको दिदि उषा घिमिरेलाई हस्तान्तरण गरिएको छ। उक्त रकम निशाको उद्धारमा सहयोग पुर्याउने दुर्गा नाथ दाहाल, निशाको पिता राजु घिमिरे, कलाकार संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाको संयुक्त हस्ताक्षरमा संचालन भएको ‘निशा घिमिरे सहायता कोष’मा जम्मा हुनेछ।

विकास वोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा अभिनेता भुवन केसि, अभिनेत्री करिश्मा मानन्धर, आँचल शर्मा लगाएत थुप्रै चलचित्रकर्मिको पनि उपस्थिती रहेको थियो।

रजतपट कोसेली अभियानमा निशाका लागि अमेरिकामा रहेका अभिनेता राजेश ढुंगानाले संकलन गरेर दुई लाख साठी हजार पठाएका थिए। यस्तै अभिनेत्री आँचल शर्माबाट एक लाख, अमेरिका बस्ने अभिनेत्री ऋचा घिमिरे र शंकर घिमिरेको नेतृत्वबाट तीन लाख अठार हजार सात सय सन्तानब्बे, रमण रेग्मिबाट एक लाख छब्बिस हजार, अस्ट्रेलियाबाट अभिनेता कुशल थापा र अभियन्ता सरोज भट्टराईको नेतृत्वबाट दुई लाख ३० हजार, अमेरिका बस्ने दमन सैँजुबाट दश हजार, अमेरिकाकै रघु आचार्य र उनका भाइ नेत्र आचार्यबाट दस हजार एक सय, खाडी मुलुकका एक भेढा चराउने व्यक्तिबाट दुई हजार, अभिनेता सुशान्त कार्कीबाट एकाउन्न हजार उपलब्ध भएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.