अभिनेत्री निशाको स्वास्थ्यमा सुधार, सहयोग जुट्ने क्रम जारी



काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।

भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ। नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्पतालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् ।

चलचित्रकर्मी कल्याण कोषबाट अभिनेत्री निशाको परिवारलाई नगद प्रदान
चलचित्रकर्मी कल्याण कोषबाट अभिनेत्री निशाको परिवारलाई नगद एकाउन्न हजार प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र चलचित्रकर्मी कल्याण कोषका संयोजक बसुन्धरा भुसालले नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमेरेको परिवारलाई उपचार सहयोगका लागि नदाद एकाउन्न हजार हस्तान्तरण गरे। अभिनेत्री निशालाई उपचारको आबश्यकता भन्ने समाचार सार्वजनिक भए लगतै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको सिफारिसमा बोर्ड अध्यक्ष दयाराम दाहाल,सदस्य सचिव महेन्द्र साँखी,संयोजक बसुन्धरा भुसालले यो बिषयमा चासो राखेर रकम प्रदान गर्ने निर्णय गरिएको थियो ।

उक्त सहयोग रकम २०७८ जेष्ठ ३० गते अभिनेत्री निशाको निवास वुंगमतीमा गएर पिता प्रेम प्रसाद घिमिरे,भाई र मातालाई बोर्डका अध्यक्ष दयाराम दाहाल र संयोजक बसुन्धरा भुसालले हस्तान्तरण गरे ।

यसैगरी नेपाल चलचित्र कलाकार संघको समन्वयमा कलाकार रसना पौडेलले जेष्ठ ३० गते नै अभिनेत्री निशाको परिवारलाई नगद तीस हजार रकम प्रदान गरेकी छन् । अध्यक्ष रविन्द्र खडकाको अभिनेत्री निशालाई सहयोग जुटाउने अभियान अन्तर्गत कलाकार रसना पौडेलले यो सहयोग रकम प्रदान गरेकी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.