चलचित्र ‘चुरीफुरी’ निर्देशक आचार्यले २५ परिवारलाई दिए राहत



काठमाडौँ। काठमाडौंको बसुन्धरा क्षेत्र बस्ने २५ जना विपन्न परिवारलाई चलचित्र ‘चुरीफुरी’ को तर्फबाट दुई साता देखि एक महिनालाई पुग्ने गरी खाद्यान्न प्रदान गरिएको छ । गत १६ बैशाख देखि जारी कोरोना महामारीका कारण जारी निषेधाज्ञामा काम गर्न जान नपाएपछि ती विपन्न परिवारहरुले खानाको लागि माग गरिरहेका थिए । उनीहरुलाई छाक टार्न मुस्किल परेको जानकारी पाएपछि चलचित्र ‘चुरीफुरी’ का तर्फबाट निर्माता निर्देशक ऋषीराज आचार्यले त्यहाँका २५ परिवारलाई राहत स्वरुप खाद्यन्न प्रदान गरेका छन् ।

एकल महिला ,अपांग तथा मृगौलाको बिरामीहरु, ज्यालादारी मजदुर जस्ता विपन्न निर्देशक आचार्यले प्रदान गरेका छन् । उनले प्रति परिवार एक, एक बोरा चामल, खाने तेल, नुन, बिस्कुट जस्ता खाद्य सामग्री प्रदान गरेका छन् । यस्तै उनीहरुलाई कोरोनाबाट बच्नको लागि निर्देशक आचार्यले मास्क पनि प्रदान गरेका छन् । सो क्षेत्रमा रहेको विपन्न परिवारले खान नपाउने अबस्था आएको जानकारी पाएपछि चलचित्र चुरीफुरीको तर्फबाट आफु,निर्माता रिना ढकाल, सह निर्माता शिब थापा तथा सह निर्माता बिमला भुसालले राहत बितरण गरेको निर्देशक ऋषीराज आचार्यले जानकारी गराएका छन् । यो महामारीमा थोरै भएपनी राहत होस भनेर केही पीडितहरुलाई राहत प्रदान गर्न पाउँदा आफुले सानो भए पनि पुण्यको काम गरेको महसुस भएको बताएका छन् ।

आगामी १ असोजबाट देशव्यापी प्रदर्शनी गरिने भनिएको चलचित्र चुरीफुरीको अहिले पोस्ट प्रोडक्सनको काम भईरहेको छ । यो चलचित्र आर.बि.मुभिजको व्यानरमा निर्माण भएको हो । यदी सहज परिस्थिति भएको खण्डमा आफ्नो चलचित्र आगामी १ असोजबाट रिलिज हुने निर्माता निर्देशक आचार्यले बताएका छन् ।

यो चलचित्रमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एक्दुमे), पवन खतिवडा (म्याकुरी ), सुरबिर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल(जोया), महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसी प्रसाद श्रेष्ठ, रश्मि आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जि.पि.पाठक, मनिल तामाङलगायतको अभिनय रहेको छ । फिल्मलाई ऋषिराजले नै लेखेका तथा निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.