कलाकार निशालाई कल्याण कोषको आर्थिक सहयोग



काठमाडौं। कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । करिव तीन वर्षअघि भारतको देहरादूनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै कारुणीक जीवन बिताइरहेकी कलाकार घिमिरेलाई बिहिबार नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको सम्पूर्ण उपचार नर्भिक अस्पतालले गरिदिने अस्पतालकी निर्देशक मेघा चौधरीले बताइसकेकी छिन् ।

यसैबीच कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले एउटा विज्ञप्ती जारी गर्दै कलाकार घिमिरेको परिवारको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोग रकम उपलब्ध गराउने विकास बोर्ड अन्तर्गतको कल्याण कोषकी संयोजक बसुन्धरा भुषाल, सदस्य सचिव महेन्द्र प्रसाद साँखी, विकास बोर्डका अध्यक्ष दयाराम दाहालप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

साथै अध्यक्ष खड्काले नर्भिक अस्पतालले निशुल्क उपचार गर्ने निर्णय गरेकोमा अस्पतालकी निर्देशक मेघा चौधरीप्रति पनि संघको तर्फबाट आभार प्रकट गरेका छन् । अध्यक्ष खड्काका अनुसार उक्त रकम कलाकार घिमिरका बुवालाई हस्तान्तरण गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.