अक्सिजनको लागी नाजिर हुसेनले दिए महावीर पुनलाई नगद एक लाख



काठमाडौं । कोरोनाभाइरस महामारीले अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । यस्तो बेला प्राणवायुको जोहो गर्ने कार्यमा सेलेव्रिटीहरु पनि सक्रिय देखिएका छन् । कलाकारहरुले आ आफ्नै तरिकाले अक्सिजन उपलब्ध गराउन योगदान दिइरहेका छन् ।

अक्सिजन उपलब्धताका लागि भन्दै अभिनेता नाजिर हुसेनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । पुनको उक्त आविष्कार केन्द्रले अक्सिजन सिलिन्डर जुटाउन अस्पतालहरुलाई मद्दत गरिरहेको छ । नाजिर यतिबेला काठमाडौँ बाहिर पुगेका छन्। कोरोना भाइरसको महामारीमा काठमाडौँ बाहिर सुरक्षित रहेको उनले बताए।

‘हामी सवैले आफूले सकेको सहयोग गर्ने हो। मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कोहि कसैको जीवन बाँच्नका लागि मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु।’नाजिरले सेलिब्रेटी नेपाल संगको कुराकानीमा बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.