ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’ (भिडियो)



काठमाडौँ। नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो । ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक शैलीमा तयार गरिएको गीतमा ‘गायक गायिकाले गाउन पाउनु, पत्रकारले लेख्न पाउनु, कानुन कहाँ छ, न्याय कहाँ छ जनताले देख्न पाउन’ जस्ता शब्दले प्रथामिकता पाएका छन् ।

गीतमा दुर्गमका जनताले बिकास र सम्पुर्ण नेपाली हाम्रो नदीनाला आफ्नो भन्न नपाएको पीडा समेत पोखिएको छ । गीतको भिडियोमा ऋषि धमला, कलाकार धिरेन शाक्य, विशाल बिष्ट, नेपाली रेसलर हिक्मत थपलिया लागयतको अभिनय देख्न सकिन्छ । गीतमा जनताले विद्रोहको गीत आउन थालेकोले देशको अवस्था यस्तै रहे सिंहदरबार समेत छिट्टै कब्जा हुन सक्ने बताइएको छ ।