सन्देशमुलक गीत ‘मास्क खै’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक घमेश दुलाल र बाल गायिका आभा आरको आवाजमा सन्देश मुलक गीत ‘मास्क खै’ डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा लि.को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन् । गीत मार्फत विश्वभर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भिडभाडमा नजाऔ भन्ने सन्देश दिएको छ ।

पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथाबस्तु समेटी गीत ल्याईरहेका अदृस्य गायक तथा संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गित एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो, गितको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् । भिडयोको छायाँकन रोनिश तामाङ, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन ब्यस्थापक बिबेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रवन कुमार मिश्र रहेको छ भने सम्पादन कृष्ण गौतमले गरेका हुन्। भिडियोमा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतमको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.