अमेरिकाबाट सुबास थापाको नयाँ भिडियो सार्वजनिक (भिडियो)



काठमाडौँ। एक दर्जन भन्दा बढि सिनेमा तथा दर्जनौ नाटकमा अभिनय गरेका नायक सुबास थापा यतिबेला अमेरीकामा छन् । सुबास थापा अव निर्देशनमा होमिएका छन् । सुबास थापाको डेव्यू निर्देशन रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगै हलिउडका कलाकारहरु र प्राबिधिकहरु संग उनले काम गरेका छन् ।

छबि न्यौपानेको श्वर रहेको उक्त गीतमा खेम रिजालको शव्द , कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ । अमेरीकामा रहने एक नेपाली जोडिको कथालाइ भिडियोमा देखाउन खोजिएको छ । धेरैको बास्तबिक जिवन संग यो कथा मेल खाने निर्देशक थापाले बताएका छन् । पहिलो पटक म्यूजिक भिडियो निर्देशन गरेका थापाले अमेरीका पुगेर पनि कलाकारीतालाइ बिभिन्न माध्यम बाट प्रस्तुत गरिरहेका छन् । भिडियोलाइ हलिउडका सिनेमाटोग्राफर तोरी राइसले छायांकन गरेकी छिन् भने मेकअप पाटी क्यूरीको रहेको छ । अराज केशवले यस म्यूजिक भिडियोलाइ सम्पादन गरेका छन् । सार्वजनिक यस म्यूजिक भिडियोमा सुबास थापा , बिनिता खड्का थापा , शेली , प्याट्रिक र क्रिष्टिनाको अभिनय रहेको छ ।