अनलाईन सुपर किड्स कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत सार्वजनिक



काठमाडौँ। लकडाउनको भरपुर सदुपयोग गरि सम्पन्न गरिएको अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ’सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन भने गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र उनको टिमले गरेका हुन ।

ड्रीम सर्च एजेन्सीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ’सुन हैन’ बोलको उक्त गीतमा ’अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ सिंगिङ तर्फका विजयी प्रतिस्पर्धीहरु पद्मजा कार्की, विक्रम बस्नेत, प्रियान्कुश गौतम, आज्ञा थपलिया, अर्नव बन, आश्नेहा बिनाडीले आफ्नो आवाज भरेका छन । यस्तै सार्वजनिक भिडियोमा ’अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का डान्स तर्फका विजयी प्रतिस्पर्धीहरुलाई फिचरिङ गरिएको छ । जसमा सोनी लामा तामाङ, ओम राजवंशी, अपुर्व कर्मचार्य, प्रलक्षा कार्की, कृष तामाङ, दिवम राखेचा, दृष्टि धिमाल र आज्ञा थपलियाको अभिनय देख्न सकिने छ । मिरा साउन्ड स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतकोे म्युजिक भिडियोलाइ ड्रीम सर्च एजेन्सीको फाउन्डर तथा निर्देशक कमल निकोन क्षेत्रीले निर्माण गरेका हुन्। भिडियोमा मेकअप आर्टिष्टको रुपमा शैलाजा शाह छिन् भने प्रोडक्सन डिजाइन आशिश नापित हुन् । भिडियोलाइ राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.