वान्तुको ‘गर्मि भयो धरान’ मा पल र साहाराको रोमान्टिक अवतार (भिडियो)



काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको छ। सय भन्दा बढी गीत लेखि सकेका सर्जक अमर वान्तुका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरु सार्वजनिक भई रहेका छन्।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका छन्। पल शाह, साहारा राई र सशी राई लोहोरुङ फिचर्ड छन्। सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन्। सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ।

गीतको शब्दले मागे अनुसार नै गीतको लोकेसन धरानमा खिचिएको र गीतले मागे अनुसारको कन्सेप्टमा भिडियो निर्माण गरिएकोले भिडियो उत्कृस्ट बनेको निर्देशक जनकदिप पराजुलीले बताए। केहि बर्ष अघि म्युजिक भिडियोमा ख्याति कमाएका निर्देशक पराजुलीले पछिल्लो समय थोरै म्युजिक भिडियो गर्ने गरेका छन्। बिज्ञापन तथा अन्य बिदेशी प्रोजेक्टहरुमा ब्यस्त रहने निर्देशक पराजुलीको निर्देशनमा बनेको यो भिडियो उत्कृस्ट बनेको छ।

निर्देशक समाजका महासचिव समेत रहेका पराजुलीले अभिनेता पल शाहलाइ अन्य भिडियोमा देखि रहेको भन्दा फरक रुपमा प्रस्तुत गरेका छन्। भिडियोको केहि दिन अघि सार्वजनिक टिजरलाई दर्शकले रुचाए त्यसले भिडियोलाई पनि दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम बिस्वस्त छ। यो भिडियो दर्शक श्रोताको प्रतिक्षामा रहेको थियो। यसै गीत छायाँकन गर्दा धरानमा निर्देशक समाजका सचिव समेत रहेका प्रदेश नम्बर १ चलचित्रकर्मी संघका अध्यक्ष अरुण प्रधान र पल शाह कन्ट्रोभर्सिमा समेत आएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.