‘ज्यानलाई भो खतरा’ भन्दै आइन शिल्पा (भिडियो)



काठमाडौँ। गायक बिक्रमजंग शाह र गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा सुवाष भुषालको संगीत छ । मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन छ भने, गोबिन्द राईले कोरियोग्राफीको काम सम्हालेका छन् । गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रविन्द्र रिमाल फिचर्ड छन् ।

रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ । छायांकार हुमागाईंले मुस्ताङ आसपासको दृश्यलाई सुन्दर रुपमा कैद गरेका गरेका छन् । गीतको भिडियोलाई सबस्त ईन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.