पल र अन्जलीको ‘मधेशमा मैना’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक केहर सिंह प्यासी र गायिका समिक्षा अधिकारीको आवाज रहेको गीत ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोमा अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारी फिचर्ड छन् । गीतका सम्पुर्ण दृश्यको छायांकन ललितपुर क्षेत्रमा गरिएको हो ।

यो गीत रविन लामिछानेले लेखेका हुन् । स्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको लय र म्युजिक भने ऋषि खड्काले तयार पारेका हुन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीत झण्डै १० मिनेटको बनेको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो ऋषि खड्काको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.