फेरि सिनेमा हल बन्द



काठमाडौँ। नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् । गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि, हलहरु संचालनमा आएका थिए तर चलचित्र हेर्न भने दर्शकको उपस्थिती हलमा न्यून थियो ।

हल संचालनमा आएको ३ महिनापछि फेरि बन्द भएका छन् । शहरी क्षेत्रका चलचित्र भवनहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ । शहरी क्षेत्रमा कोभिडको जोखिम बढेको भन्दै आज बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय, चलचित्र भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

हल खुलेको ३ महिनासम्म केही नयाँ विदेशी र नेपाली चलचित्र रिलिज भएका थिए । तर, चलचित्र भवनमा दर्शकको उपस्थिती न्यून देखिएको थियो । यति बेला चलचित्र ‘श्री’ प्रदर्शनको क्रममा रहेको थियो। बिस्तारै दर्शक हल सम्म जाने बाताबरण बन्न लागेको थियो फेरी हल बन्द हुने भए पछि अब चलचित्र उद्योग कहिले सम्म शुन्य हो भन्न सकिने अवस्था छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.