युवराज चौलागाईंको मर्मस्पर्शी गीत ‘घुर घुर परेबी घुर्छ’ सार्वजनिक (भिडियो)



काठमाडौं। गायक युवराज चौलागाईं नयाँ गीत ‘घुर घुर परेबी घुर्छ’ भिडियो सार्वजनिक गरिएको छ । कौशिला खनाल कर्माचार्यको शब्द रचना रहेको गीतमा गायक चौलागाईंकै स्वर तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतले नेपालका आम युवाको कथालाई चित्रण गरेको छ ।

गाउँमा घर, परिवार,श्रीमती तथा सानी छोरीको मीठो सपना पुरा गर्ने उदेश्यले वैदेशिक रोजगारीका जानका लागि शहर पसेको एउटा युवकले शहरमा आएर भोग्नु परेको दु:ख, हण्डर तथा सास्ती अनि अन्त्यमा संघर्षकै क्रममा जीवनसंगै हार्नु परेको पीडालाई भिडियोमा कारुणीक शैलीमा चित्रण गरिएको छ ।

निकेश खड्काद्वारा निर्देशित उक्त गीतको भिडियोमा गायक चौलागाईं नै मुख्य भूमिकामा छन् । भिडियोमा उनलाई अभिनेत्री वर्षा राउतले श्रीमतीको रुपमा साथ दिएकी छिन् । धिरजजंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन विकाश धमलाले गरेका छन् । भिडियो गायक चौलागाईंकै यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.