‘मेरो शैलुंङ गाउँ’ भिडियो सार्वजनिक



काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा बिबिध प्रकारका गीत संगीतहरु सार्वजनिक भइ रहेका हुन्छन। यसै क्रममा गाउँ चिनाउने उदेश्यका साथ ‘मेरो शैलुंङ गाउँ’ बोलको गाउँ चिनारी गीत सार्वजनिक गरिएको छ। रचना रिमालको आवाजमा रहेको गीतको भिडियो शनिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा तेजेन्द्र गुरुङको संगीत तथा शव्द प्रेम गुरुङको रहेको छ। भिडियोमा सरस्वती धिमाल र नेशन सुस्लिङको कोरियोग्राफी रहेको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथी,निर्देशक शोभित बस्नेत,चलचित्र पत्रकार संघका सचीव रघुनाथ सापकोटा,कलाकार शेर बहादुर तामाङ,निर्देशक खिल गुरुङ,गायक राज सागर लगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा पुनम गुरुङ,उर्मिला गुरुङ र प्रेम गुरुङ फिचर्ड छन्। भुपेन्द्र गुरुङले निर्देशन गरेको भिडियोलाइ रबिन थापा मगरले छायाँकन र बन्दे प्रसादले सम्पादन गरेका छन्। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अतिथिहरुले भिडियो सफलताको कामना गरे। गीतले शैलुंङ गाउँको चर्चा गरेको छ। भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
फोटो : सुरेन्द्र थापा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.