काठमाडौँका कलेजमा अन्तराल


antaral team
(सेलिब्रेटी नेपाल) बैशाख ३०-जेठ ३ लाई रिलिज डेट घोषणा गरेर नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अन्तराल’ युवा पुस्तालाई लक्षित गरेर निर्माण गरेको चलचित्र हो।महिला निर्देशक दीपा बस्नेतको निर्देशन रहेको यो चलचित्रले गाउँ बाट शहर पसेका वेरोजगार युवाको अवस्थालाई प्रतिनिधित्व गर्नेछ ।नम्रता सापकोटा, मानव सुवेदी, अशिस्मा नकर्मीको मुख्य अभिनय रहेको छ। चर्चामा रहेको चलचित्र ‘अन्तराल’ ले आईतवारबाट काठमाण्डौमा कलेज क्याम्पियन शुरू गरेको छ । केहि दिन अघि मात्र काठमाडौँ बाहिर प्रचारको लागि चलचित्र युनिट विभिन्न सहरमा पुगेको थियो।

चलचित्रका कलाकार र निर्देशकले राजधानीको बिजुलीबजारमा रहेको मेघा कलेजमा पुगि आफ्नो चलचित्रको बारेमा जानकारी दिए। चलचित्रको बिषयको जानकारी गराऊदै आफ्नो चलचित्र उपस्थित बिधार्थीहरूलाई एकपटक हेरिदिन आग्रह पनि गरे। निर्माण युनिटको आग्रहले बिधार्थीहरू कति चलचित्र हेर्न पुग्ने हुन् र चलचित्र कति सफल हुने हो हो अब केहि दिनमा थाहा हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.