बिशाल राईको ‘नेपाली नारी’ सार्वजनिक (भिडियो)



बिशाल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘नेपाली नारी’ बोलको गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ। आदित्य बुढाथोकीले निर्देशन गरेको भिडियोमा दृश्य सुबेदी र सुनिशा बजगाईं फिचर्ड छन्।

‘नेपाली नारी’ हरु प्रति समर्पित गीत म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका हुन्। प्रशान्त तामाङले कोरियोग्राफी गरेको भिडियोमा दृश्य र सुनिशा संगै अन्य थुप्रै कलाकारलाई देख्न सकिन्छ।