साकारको निर्देशनमा ‘माया साँचेको'(भिडियो)



काठमाडौं। गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनीक गरिएकोे छ । फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा हाँस्य अभिनेता सन्तोष पन्तले प्रिमीयर गरेका हुन् । पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनीशा हमाल फिचर छिन् । अमर रोकाको शब्द र संगीत रहेको भिडियो रोमन मानन्धरले खिचेका हुन् । रबि सायमी डिओपी रहेको भिडियोमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन् । कार्यक्रममा निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरुप लोकेशन छनौट गर्न धेरै मिहीनेत गरेको बताए ।

अभिनेता पन्तले आफूलाई गीतसँगै भिडियो र लोकेशन निकै मन परेको बताए ।गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरुप भिडियो निर्माण भएकोमा खुशी ब्यक्त गरिन् । उनले आफू ब्याबसायिक गायिका भइनसकेको भए पनि दर्शक,स्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन् । अभिनेत्री बेनीशाले एउटै परिवारको सदस्यझै भएर मिहिनेतका साथ काम गरेको सुनाइन् । हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनीक गरिएको भिडियो धम्पुस आसपास खिचिएको हो ।