निराजन र आज्ञाको रोमान्टिक अवतार (भिडियो)



काठमाडौँ। सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखु शब्दमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा जंगबहादुर शाही र अमृत गोले लामाको शब्द छ । आफ्नो प्रेमीकालाई माया भावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतमाआफ्नो प्रेमिकाप्रतिको प्रेमभावलाई दर्शाईएको छ । गीतलाई अडियो झैँ आकर्षक रुपमा एजिएल इन्टरटेनमेन्टले तयार गरेको छ ।

एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए । गीतमा मोडल निराजन प्रधानसंग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन । पछिल्लो समय नायक अनमोल केसी संग चलचित्र ’पारस’ माअभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीतहो ।

भिडियो लाई शानथापाले निर्देशन गरेका हुन् । एजिएल इन्टरटेनमेन्टकै युट्युबच्यानलमार्फत सार्वजनिकगरिएको गीतको भिडीयोमा राजीव समरको कोरियोग्राफी , अर्जुन तिवारीको छायांकन , सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत गोले लामाले निर्माण गरेकाहुन् ।