सोना र सुगमको ‘मेरो माया करोड’मा सार्वजनिक (भिडियो)



काठमाडौँ। सोना अमात्य र सुगम पोखरेलको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो माया करोड’मा बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा साहज शाक्यको संगीत संयोजन रहेको छ।

गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल,गोभिन सिंह बिस्ट र गायिका सोना अमात्य फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन्। सुबम भुजेलले कोरियोग्राफी गरेको भिडियोको सहायक निर्देशन सुबोल थापाले गरेका हुन्। भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।