कवि तथा गीतकार महेश्वर शर्माको गीत ‘जादू’ सार्वजनिक (भिडियो)



काठमाडौँ। कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘जादू’ सार्वजनिक गरिएको छ। कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो दोस्रो गीत हो। रुपन्देहीको देवदहमा स्थायी रुपमा बसोबास गर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन। नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यस अघि ‘मुटु भरि देश बोकि’ बोलको राष्ट्र प्रति समर्पित गीत आइसकेको छ साथै उनको साथै कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भइसकेको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएकाछन। ‘जादू’ बोलको सार्वजनिक गीतमा नेपाली सांगीतिक क्षेत्रका नक्षेत्र राई ईज किङ्ग राजेश पायल राई तथा गायीका मेलीना राईको स्वर रहेको छ भने थूप्रै चर्चित गीतहरुका सर्जक नेपाली सांगीतिक आकाशमा एउटा ओजस्वि नाम बनाएका वरिष्ठ संगीतकार आनन्द राईको संगीत रहेको छ। यसैगरि संगीत संयोजन महाराज थापाको रहेको छ।

सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा,सम्पादन विकास दाहाल,छायाँकन निसल पौडेल तथा दिपेन्द्र भट्टको रहेको छ।
भिडीयोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। साथै सो भिडीयोमा महेश्वर शर्मा तथा सोनम पाण्डे शर्मालाई समेत देख्न सकिनेछ। भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.