प्रसिद्धको ‘भन्दैछ मन’ मा कविर र मिहारिका (भिडियो)



काठमाडौँ। प्रसिद्ध चुडालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘भन्दैछ मन’ बोलको गीतमा शब्द प्रसिद्द चुडाल र विरोध बुर्लाकोटी तथा संगीत गोपाल रसाइलीको रहेको छ। प्रवेश पौडेलको निर्देशनमा बनेको भिडियोमा कलाकार कविर खड्का र मिहारिका आचार्यले अभिनय गरेका छन् ।

चलचित्र ‘लम्फू’ बाट नायकको रुपमा डेब्यु गरेका कबिरले त्यसपछि ‘गुन्जन’ चलचित्रमा बिशेष भूमिका निर्वाह गरेका छन् । ‘अमेरिका ब्वाइज’ पछि अब ‘बिहे पास’ नामक चलचित्र निर्देशनको तयारीमा रहेका निर्देशक प्रबेशको ‘भन्दैछ मन’ डेब्यु म्युजीक भिडियो हो । आलोक शुक्लाले खिचेको भिडियाको सम्पादन नवीन निरौलाले गरेका हुन्।