विजय लामाको ‘तोङ्बाको तातो पानी’ (भिडियो)



काठमाडौं। गायक विजय लामाको ‘तोङ्बाको तातो पानी’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा स्वयं विजय लामाले नै स्वर भरेका छन् भने गीतको शब्द प्रेम लामाले लेखेका हुन्। यो गीत ‘नखानु पानी तोङ्बाको’ बोलको गीतको सिक्वेल रहेको बताइएको छ।

गीतको भिडियोमा सुमि मोक्तान, अभि लामा, अस्मिता योन्जा, समि श्रेष्ठ, नमिश योन्जन र टेकमान लामाको अभिनय रहेको छ। अनिल मान्धरको छायांकन रहेको सो गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन्। म्युजिक भिडियोको निर्देशन भने बिभोर पोखरेलले गरेका हुन्।