इन्दिरा जोशीले दर्जनौ पटक आएको नायिकाको अफरलाई अस्वीकार


indira janawar prem
(सेलिब्रेटी नेपाल) २७ बैशाख-नायिका हुन जस्तोसुकै अफर स्वीकार्नपनि तयार भइरहेको कुरा आउने गरेको छ नेपाली चलचित्र बजारमा तर गायिका इन्दिरा जोशीले दर्जनौ पटक आएको यस्तो अफरलाई धन्यवाद दिएरै अस्वीकार गर्ने गरेको खुलासा भएको छ।उनी जति राम्रो गीत गाउछिन उतिनै राम्रो नाच्छिन पनि त्यसैले पनि होला उनी कुनै पनि नेपाली हिरोइन भन्दा कम लाग्दिनन । झन् उनको सुन्दरताको त प्राय सबैले प्रसंशा गर्छ नै । उनका यी सबै कुरालाई हेरेर नै होला उनलाई प्राय महिनामा १० जना भन्दा बढीले चलचित्रमा हिरोइनको रुपमा खेल्न आग्रह गर्ने गरेका छन् । करिब २ बर्ष अघि निर्माण भएको चलचित्र मेरो जीवन साथीका लागि निर्देशक दिवाकर भट्टराईले इन्दिरालाई फोन गरेर आफ्नो फिल्ममा खेल्न अफर गरेका थिए त्यति बेला इन्दिराले निर्देशक भट्टराईलाई अफर गर्नु भएकोमा धन्यवाद भन्दै आफु चलचित्र नखेल्ने बताएकि थिइन्।

आफुलाई धेरै निर्माता निर्दशकले आग्रह गरेको भन्दै इन्दिराले आफु गायिका नै भएर रहने बताए पछि निर्देशक भट्टराईले पनि थप कर गरेनन तर आखिर राम्री मान्छे प्राय सबैको आँखामा परिनै रहिन र आज सम्म आइपुग्दा उनलाई करिब तिन दर्जन भन्दा बढी निर्माता निर्देशकले चलचित्रमा अभिनय गर्न आफ़र गरिसकेका छन् तर उनको उत्तर अझै पनि फेरिएको छैन। यो इन्दिराको कुनै घमण्ड भने होइन किनकी उनले आफु फिल्ममा भन्दा गीतमा नै बढी रमाएको र फिल्मको लागि पर्फेक्ट नभएको बताउनुले उनको काम प्रतिको इमान्दारितालाई झल्काएको छ । हिरोइन बनाइदिन्छु भन्दा आँखा चिम्लेर ओके भन्ने नेपाली चेलीहरुलाई एउटा शिक्षा पनि हो यो। हुनत इन्दिरालाई हिरोइनको रुपमा उनका धेरै फ्यानले हेर्न मन गरेका छन् तर आफुलाई विश्वास भएको क्षेत्रमै रमाउनु इन्दिराको आफ्नो इच्छा पनि हो । इन्दिराले गायन क्षेत्रसंग सम्बन्धित कुनै मन पर्ने कथा भए भविष्यमा कुनै दिन चलचित्रमा आउन सक्ने संकेत एक अन्तर्वार्तामा दिएकी थिइन् तर हाल भने उनी चलचित्र अभिनय गर्ने कुनै मुडमा नभएको बुझिएको छ ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.