एपबाट चलचित्र पाइरेसी गरेको आरोपमा सुजन परियार पक्राउ



काठमाडौँ। केही महिना अगाडि मात्र सार्वजनिक गरिएको ‘सिनेमा घर एप’बाट केही चलचित्र पाइरेसी गरेको आरोपमा प्रहरीले लमजुङका २५ बर्षिय सुजन परियारलाई पक्राउ गर्यो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परियार पक्राउ गरिएको जानकारी दिइएको छ ।

चलचित्र विकास बोर्डमा आयोजना भएको पत्रकार सम्मेलनमा यो एपका संचालक सागर खरेल र खगेन्द्र लामिछानेले मोबाइलबाट खिचेर चलचित्र पाइरेसी भएको जानकारी दिए । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी परियारलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको पत्रकार सम्मेलनमा अपराध महाशाखाका प्रहरी निरिक्षक भूवन बहादुर खड्काले जानकारी दिए ।

इन्टरनेटको पहुँचका कारण पाइरेसीको घटना बढिरहेको छ । प्रतिलिपी अधिकारको बिषयमा धेरैलाई ज्ञान नहुँदा पनि यो घटना बढिरहेको छ । चलचित्र विकास बोर्डमा आयोजना भएको पत्रकार सम्मेलनमा अध्यक्ष दयाराम दाहहालले २०५९ सालमा निर्माण भएको पाइरेसी सम्बन्धी कानुन नै फितलो भएका कारण यस्तो घटना बढेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.