दिपेन्द्र के खनालको ‘चिसो मान्छे’ शुभसाइतसँगै छायांकन सुरु



काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र बाजुरासम्म खिचिने छ ।

शर्मिला पाण्डेको प्रस्तुतीमा निर्माण हुने ‘चिसो मान्छे’मा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको मुख्य भुमिका रहनेछ । निर्माण टिमलाई शुभकामना दिन शुभसाइत कार्यक्रममा विकास बोर्ड अध्यक्ष दयाराम दाहाल समेत पुगेका थिए ।

शुभसाइत कार्यक्रममा निर्देशक खनालले भने ‘हामीले चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौं । चलचित्रको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’ समाजका चिसो मानिसहरुको कथा भन्ने चलचित्रलाई घाममा नखिच्ने तयारी निर्माण टिमले गरेको छ ।भदौको ११ गतेबाट रिलिज हुने चलचित्रमा सुभाष भुषालको संगीत रहनेछ ।