‘गोदावरी बनैमा’ को फिमेल भर्सन सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक जन्म राईको आवाजमा रहेको चर्चित गीत ‘गोदावरी बनैमा’ को फिमेल भर्सन सार्वजनिक गरिएको छ। जन्म राईको शब्द तथा संगीत रहेको ‘गोदावरी बनैमा’झन्डै ४ बर्ष अघि सार्वजनिक गरिएको थियो। उक्त गीतले यु ट्युबमा झन्डै ३ करोड भ्युज पाउन सफल बनेको छ।

एलिना चौहानको आवाज रहेको फिमेल भर्सनको भिडियोलाई जन्म राईले निर्देशन गरेका छन्। नबिन लामाको कोरियोग्राफी रहेको भिडियोलाई बिबेक लामाले छायाँकन तथा सम्पादन गरेका छन्। भिडियोमा गर्ल्स ५ (प्रमिला भारती,योगिशा खत्री,रोश्नि माझि,सदिक्षा थापा र अन्नी सिजापति) फिचर्ड छन्।