‘लभ पर्नु ठुलो कुरा होइन’ भन्दैछन् डिमन र उषा (भिडियो)



काठमाडौँ। गायक सिडी बिजय अधिकारी र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘लभ पर्नु ठुलो कुरा होइन’बोलको गीतमा दिनेश थपलिया शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ।

सरोज ओलीको निर्देशन रहेको भिडियोलाई सागर प्रधानले निर्माण गरेका हुन्। चाँगुनारायण इन्टरटेन्टमेन्ट को प्रस्तुति रहेको भिडियोमा डिमन क्षेत्रि, उषा उप्रेती,रिना रानाभाट,बाल कृष्ण ओली र आयुषा गौतमको अभिनय रहेको छ।

सार्वजनिक भिडियोमा बिक्रम स्वाँरको कोरियोग्राफी,नवराज उप्रेतीको छायाँकन,सुवर्ण दुलालको सम्पादन रहेको छ। भिडियो चाँगुनारायण इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।