‘कबड्डी’ को सिक्वेल ‘कबड्डी ४’ बन्ने



काठमाडौँ । ब्यबसायिक सफल चलचित्र ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष प्रदर्शनमा आएको थियो ।

शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ ।

निर्देशक गुरुङले ‘कबड्डी’को कथालाई अब टुङ्ग्याउन यो सिक्वेल बनाउन लागेका हुन् । अहिलेसम्मका शृङ्खलामा जोडिएका सबै कलाकार ‘कबड्डी ४’मा अटाउने योजनामा निर्देशक गुरुङ रहेका छन् ।

‘कबड्डी’को फष्टपार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रोमा निश्चलको ठाउँमा सौगात र तेस्रोमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए ।