घमेश र प्रबिशाकाे ‘बनमा खयर’ सार्वजनिक (भिडियो)



काठमाडौं। लाेक दाेहाेरीमा सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका शुभचिन्तककाे मनमा लागेथ्याे अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीत हरुले स्राेता तथा दर्शककाे मनमा अड्डा जमाएर बसीरहेका छन् ।

गुमनाम जस्तै भएका गायक घमेशकाे जिवनले काेल्टे फेरेकाे छ, पछिल्लो समयमा उनी हरेक दिन जसाे नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका घमेश दुलाल लाेक दाेहाेरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका छन् । काठमाडौंकाे मुटु अनामनगर घट्टेकुलाे चाेकमा एक्सन स्टुडियाे नेपाल रेकर्डिङ स्टुडियाे संचालमा ल्याएका छन् , यसकै उपज हाे ११ वर्ष पछिकाे उनकाे पुनरागमन सहितकाे नयाँ लाेक दाेहाेरी गीत ‘वनमा खयर’ ।

‘वनमा खयर’ मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । शिव हमालले याे गीतकाे शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे काे संगीत रहेकाे छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियाे नेपालमा गीत गाउंदा समय देखिका दाैंतरी समेत हुन् । गीतकाे संगीत संयाेजन चर्चित एरेन्जर कमल साैरागले एरेन्जर गरेका हुन् ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भिडियाेमा बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलकाे अभिनय रहेकाे छ । कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.