उमेशको ‘सानु’ मा रामकृष्ण,प्रेम र साक्षी (भिडियो)



काठमाडौँ। गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सानु’ बोलको गीतमा उमेश रेग्मीको शब्द रचना तथा संगीत रहेको छ। महाराज थापाको संगीत संयोजन रहेको गीत मेलोडियस बनेको छ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा राम कृष्ण ढकाल,प्रेम कुमार श्रेष्ठ र साक्षी लम्साल फिचर्ड छन्। निसल पौडेलले छायाँकन गरेको भिडियोमा लोमस पौडेलको सह निर्देशन रहेको छ। बिकाश दाहालले सम्पादन गरेको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।