युवा प्रेरक जमुना वनको ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक (भिडियो)



काठमाडौं । लामो समयदेखी युवा प्रेरकको रुपमा काम गर्दै आएकी जमुना वनको नयाँ गीत सार्वजनिक गरिएको छ । यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको गीत गरेकी जमुनाले अहिले फेरी नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक गरिएको हो । गीतमा पुजा लामाको शब्द रहेको छ भने सुरज तामाङको संगीत छ ।

गीतबारे बोल्दै जमुनाले दर्शक तथा स्रोताबाट प्रतिक्रियाको अपेक्षा गरेकी छन् ‘मैले धेरै गीत गाएकी त छैन तर समय समयमा गीतसंगीतमा पनि निरन्तरता दिनुपर्छ भन्ने लाग्छ’ जमुनाले भनिन् । ‘अहिलेको गीत पनि मेहनतका साथ बनाएका छौं आशा छ दर्शक स्रोतामाफ मनपर्छ ।’ जमुनाले आफूलाई गीतसंगीतमा लाग्न साथीभाईले उत्प्रेणा दिएको बताइन ।

गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय रहेको छ । भिडियो न्युटोन लांथासाको निर्देशन रहेको छ । भिडियोमा पृथ्वीराज दुत्ताको छायांकन रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.