पुष्पराज अभिनित भजन सार्वजनिक (भिडियो)



काठमाडौँ । कलाकार पुष्पराज ‘पुरुष’ लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी करिब दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक देवेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि चलचित्र ‘श्रीमान’मा अभिनय गरेका थिए ।

गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ को शब्द रहेको गीतको भिडियोमा उनी योगी अवतारमै देखिएका छन् । गीतकार प्रसाईको केही दिन अगाडि ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको थियो ।

प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन छ । गीतको भिडियो पनि बनेको छ । जसमा पुष्पराज पुरुष, उत्तम केसी, बालकलाकार सदुर्श चुडाल, प्रत्युस विमली लगायतको अभिनय देख्न सकिन्छ । चक्र बरालको छायाँकन, विकास दाहालको सम्पादन रहेको भजन गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.