प्रकाश र सृजनाको ‘तेरो बाउ’ सार्वजनिक (भिडियो)



काठमाडौँ। ओएसआर डिजिटलको निर्माणमा प्रकाश ओझा र सृजना खत्री ‘हाउडे माया’ स्वरबद्ध नयाँ गीत सार्वजनिक भएको छ । ‘तेरो बाउ’ शिर्षकको कमेडी फ्लेभरको गीतको भिडियोमा ओझा र सिर्जना दुबै फिचर्ड छन् ।

गीतमा शब्द संगीत पनि ओझाको नै छ । र्‍याप शब्द भने सिर्जनाले लेखेकी हुन् । पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जीन्दगी बर्वाद बनेको कुरालाई ब्याङ्ग्यात्मक रुपमा गीतको भिडियोमा पस्किएको छ । भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । रामशरण जंगमलाई पनि भिडियोमा देख्न सकिन्छ । दिव्यराज सुवेदीले छायांकन गरेको भिडियोमा सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.