ग्लोबल मिडियाले खरिद गर्यो ‘गोर्खे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार



काठमाण्डौ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले चलचित्र ‘गोर्खे’को ओभरसिज राइट खरिद गरेको छ । ग्लोबल मिडियाका सिईओ हरि मल्ल ठकुरी र चलचित्र ‘गोर्खे’ को निर्माण कम्पनी कोजु इन्टरटेनमेन्ट विच संझौतापत्रमा हस्ताक्षर भएको हो ।

ग्लोबल मिडियाले विगत लामो समयदेखि अस्ट्रेलियामा नेपाली चलचित्र प्रदशन गर्दै आइरहेको छ । ग्लोबल मिडियाको प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी पनि अष्ट्रेलिया बस्दै आइरहेका छन् ।

चलचित्र ‘गोर्खे’ निर्माता हरि लामा, तिर्थ कोजु तथा हरि थापाको निर्माणमा बनेको हो । सामाजिक कथामा आधारित चलचित्रमा अर्जुन गुरुङ, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, अन्जली अधिकारी,सरोज तामाङ, साजन थापा, वालदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात प्रमुख भूमीकामा रहेका छन् । काजि लिम्बुको कथा रहेको चलचित्र ‘गोर्खे’लाई किमत गौतमले निर्देशन गरेका छन् ।