बिपिन कार्की र आँचल शर्मा सम्मानित



काठमाडौँ। अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । लक्की मिडिया हाउस चितवनको पांँचौ बार्षिकोत्सवको अवसरमा बिपिन कार्की र आँचल शर्मालाई सम्मान गरिएको हो ।

नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कार्की र शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की ‘लक्की’ले बताए । बार्षिकोत्सव कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि कलाकार नीर शाह र लक्की मिडियाका हरि कार्की ‘लक्की’ ले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.